Logo

बाजपेयीको कालजयी कविताले दियो मोदीलाई दीयो जलाउने जुक्ति



एजेन्सी, २२ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतवासीलाई साँझ साँझ ९ बजे ९ मिनेट जाँदा घरको वत्ती निभाएर टुकी, मैनवत्ती या मोबाइलको वत्ती बाल्न आव्हान गरेका छन् । कोरोना भाइरससँग जुधिरहेको भारतमा लकडाउन जारी रहँदा मोदीले देशवासीका नाममा सम्बोधन गर्दै अहिलेको संघर्षमा सबै एक भएको देखाउन भन्दै वत्ती निभाउन आव्हान गरेका हुन् ।

मोदीले दीयो बाल्ने आव्हान गर्दा भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको कविता सम्झिएका छन् । ट्वीटरमा बाजपेयीले कविता बाचन गरेको भिडियो समेत पोष्ट गरेका छन् । यो कवितामा भनिएको छ- आओ फिर से दीया जलाएं । उनले दीयो जलाउन गरेको आव्हानको जुक्ति वाजपेयीको देशभक्ति र एकताभावको कविताले दिएको बुझिएको छ ।

भारतीय जनता पार्टीका स्वर्गीय नेता वाजपेयी बहुमुखी प्रतिभा थिए । उनी पत्रकार पनि थिए र खुबै कविता लेख्थे । रसिक स्वभावका बाजपेयीबाट मोदी निकै प्रभावित छन् । राष्ट्रभक्ति र राष्ट्रिय एकताको भावना जगाउन खोलका कविता लेख्थे वाजपेयी ।

मोदीले कोरोना भाइरससँग जुध्ने क्रममा भारतका खेलाडी देखि कलाकारसँग भिडियो संवाद गर्दै आएका छन् । उनले हिजो खेलाडीसँग त्यस्तै भिडियो कन्फरेन्स गरे ।

मोदीले पछिल्लो सम्बोधनमा भने, ‘यो लडाईंमा तपाईंहरु एक्लो हुनुहुन्न, कोही पनि कोरोना भाइरविरुद्धको लडाईंमा एक्लो छैन ।’ टुकीवत्तीले हामी सबै एक भएर लडाईं लडिरहेको देखाउनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot