Logo

बाजुराको स्वामिकार्तिकमा ३४ जना क्वारेन्टाइनमा



काठमाडौं, २२ चैत्र । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भारतबाट फर्किएका ३४ जना क्वारेन्टाइनमा राखिएका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखेपनि स्वास्थ्य उपकरणको अभाव देखिएको छ ।

गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले ३४ जनालाई दुई छुट्टाछुट्टै समूहमा राखिएको छ । उनीहरुको बस्ने खाने सबै खर्च गाउँपालिकाले गर्दै आएको बताए । उनले रिपोर्टर्स नेपालसँग भने, ‘हामीसँग ३४ जना भारतबाट आएकाहरु क्वारेन्टाइनमा हुनुहुन्छ तर स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण छैन ।’

उपकरणको समस्यापछि गाउँपालिका अध्यक्ष शाहीले प्रदेश र केन्द्रसम्म जानकारी पठाइसकेको बताए । दुई जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा खटाइएको उनले जानकारी दिए ।

बाजुरामा युवाहरु भारतमा कामको सिलसिलामा जाने गर्छन् । कोरोना भाइरसको संक्रमणपछि अधिकांश मानिसहरु फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot