काठमाडौँ, २३ चैत । लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् ।
बाहिर वातावरणमा हुने गतिविधि ठप्प छ । मठ मन्दिरमा पूजा बन्द छ । बजार, पसल, होटल रेस्टुरेन्ट बन्द छन्, जसका कारण परेवाले चारा खान पाएका छैनन् । कतिपयले आफ्नै घरमा भएका कुकुर बिरालालाई कोरोना सर्ने भयले थुनेर राखेका छन् । होटलले फ्याँकेका खानाको भरमा रहेका कुकुर, बिराला पनि भोकै छन् । पशुपति र स्वयम्भूका अनगिन्ती बाँदरको हुल भोकले घरि कता, घरि कता आँखा लगाउँदै मानिसको प्रतीक्षा गरिरहेका छन् । आकाशमा उड्ने चरा पनि मानवको गतिविधि ठप्प हुँदा सशङ्कित छन् ।
काठमाडौँ महानगरपालिका १० का बासिन्दा सहन शर्मा– मानिस त बोल्न सक्छन् । पीडा पर्दा आफ्ना कुरा भन्न सक्छन् । भोक लागे मागेरै खान सक्छन् तर नबोल्ने पशुपक्षी र प्राणी यतिबेला अन्योलमा छन् । सधैँ भीडभाड हुने सडक सुनसान छन् । कुकुरका हुल खानाको खोजीमा भौँतारिरहेका छन् । प्राणी अधिकारकर्मी बिना पन्तले पृथ्वीको सृष्टि मानिसका लागि मात्र भएको होइन । सम्पूर्ण प्राणी जगत्को साझा घर पृथ्वी हो ।
पृथ्वीमा जति मानिसको जिउने अधिकार हुन्छ त्यति नै अन्य पशुपक्षी र जीवजन्तुको पनि हुन्छ । त्यसैले मानिसले लकडाउनमा आफ्नो र आफ्ना परिवारका बारेमा मात्र होइन अन्य जीवका बारेमा पनि सोच्न उनले आग्रह गरे अरू मानिस घरभित्रै बसिरहँदा उनी आफ्ना सहयोगीका साथ सडकमा अलपत्र परेका कुकुर, बिराला, बाँदर, परेवाका लागि चारा बाँड्दै हिँडिरहेको थियो । आफ्ना सहयोगकी साथमा हरेक दिन सके जति स्थानमा पुगेर कुकुर लगायतका प्राणीलाई खुवाउन सक्रिय रहेको खबर गोरखापत्रमा प्रकाशित गरिएको छ ।