Logo

सुदुरपश्चिममा प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धि गर्न नेता लेखकको आग्रह



काठमाडौं, २३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै तत्काल प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धि गर्न सरकारसँग आग्रह गरेका छन् ।

शनिबारमात्र कैलाली र कञ्चनपुरमा ३ जना नयाँ संक्रमित भेटिएसँगै त्यस क्षेत्रमा महामारी बढ्न सक्ने भएकाले रोकथामको लागि सरकारले तत्काल प्रयोगशाला र गुणस्तर वृद्धि गर्नुपर्ने नेता लेखकले सुझाव दिएका हुन । उनले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत भनेका छन,”बढी टेस्ट गर्न प्रयोगशाला ,अस्पतालको क्षमता र सामग्री पुगेन, थप गरौ।” त्यस्तै नेता लेखकले सरकारले लकडाउनलाई कडा गरि पालिकामा समेत आवतजावतमा लगाएको बन्देज सकारात्मक रहेकाले पालना गर्न र कडाई साथ लागू गर्न अनुरोध समेत गरेका छन् ।

यसै सन्दर्भमा सुदुर पश्चिमको पछिल्लो अवस्थाका र सरकारको तर्फबाट भएका प्रयासका बारेमा नेता लेखक र स्वस्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालबीच टेलिफोनमार्फत कुराकानी भएको छ । कुराकानीका क्रममा नेता लेखकले सुदुरपश्चिममा लाखौंको संख्यामा छिमेकी मुलुकबाट स्वदेश आएका र प्रयोगशाला, उपकरण र जनशक्तिको अभावका कारण न्यून संख्यामा मात्र परिक्षण भएकोले दैनिक कम्तिमा ५०० जना सम्मको परिक्षणको ब्यवस्था मिलाउन आग्रह गरेका थिए ।

मन्त्री ढकालले नेता लेखकको सुझावलाई सकारात्मक रुपमा लिइ सुदुर पश्चिममा आवश्यक उपकरण र जनशक्तिको ब्यवस्था परिक्षणको दायरा बढाउन सरकारले आवश्यक प्रक्रिया बढाउने आश्वासन दिएको लेखकका स्वकिय सचिब जनक भट्टले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी गराए। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot