Logo

संवेदनशील मुद्दाका लागि उच्च अदालत खुला



सिँजा, २३ चैत  : कोभिड –१९ को रोकथामका बीचमा सुर्खेत जुम्ला उच्च अदालत जुम्लासहित साविक कर्णालीका पाँच वटै जिल्लाका अदालत संवेदनशील निवेदनका लागि खुला रहेका छन् । उच्च अदालतले बन्दी प्रत्यक्षीकरणसहित संवेदनशील मुद्दाका लागि अदालत खुला गरिएको जनाएको छ ।

सर्वोच्च अदालतको यही चैत ७ गते बसेको बैठकको निर्णयको निर्देशनानुसार अरु विषयलाई रोकेर बन्दी प्रत्यक्षीकरण, बालबालिकाले सुधारगृहबाट मुक्त पाउने भनिएका निवेदन, एक वर्षभन्दा कम समय भएकाहरुलाई जरिवाना तिरेर रिहाइ र कोरोनासम्बन्धी कुनै पनि निवेदनका बारेमा अदालत खुला रहेको मुख्य न्यायाधीश रत्नबहादुर बाग्चनले जानकारी दिए ।

जुम्ला जिल्ला अदालतमा दुई निवेदन परेका नाबालकलाई अभिभावकको जिम्मा लगाइएको छ । डोल्पामा एक र कालीकोटमा एक गरी सुधारगृहमा रहेका नाबालक लकडाउनका समयमा अभिभावकलाई जिम्मा दिइएको छ । यसैगरी कालीकोटमा तीन, जुम्लामा दुई, डोल्पामा एक र हुम्लामा एक निवेदन परेको जुम्ला इजलासको तथ्यांकमा छ ।रासस



प्रतिक्रिया दिनुहोस्