Logo

‘कोरोना महामारीमा इतिहासकै लाजमर्दो अनियमितता’ समाचारमा प्रेस काउन्सिलले जवाफ माग्यो



भानुभक्त ढकाल र विशाल पण्डित

काठमाडौं, २३ चैत्र । रिपोर्टर्स नेपालले कोरोना भाइरसको सामाग्री खरिदमा अनियमितता भएको तथ्यसहित उजागर गरेपछि समाचारलाई लिएर प्रेस काउन्सिलले जवाफ मागको छ । प्रेस काउन्सिलले सागर जोशीको नाममा उजुरी परेपछि जवाफ मागेको जनाएको छ ।

आज प्रेस काउन्सिलले पत्र लेखी १६ चैत्रमा प्रकाशित कोरोना महामारीमा इतिहासकै लाजमर्दो अनियमितता यी हुन् मुख्य योजनाकार शिर्षकमा सागर जोशीका नाममा उजुरी परेको भन्दै जवाफ मागेको छ । १०० करोड बराबरको सामानमा ५५ करोड ठगी भनी कसैको सामाजिक सञ्जालमा लेखिएको कुरालाई बिना कुनै फेक्ट चेकिङ्ग बिना सोझै समाचार बनाएर जनता, सरकारउपर रिस र घृणा फैलाउने आधारहीन खबर छापेको र जनता भड्काउने काम गरेको भन्दै कानुन अनुसार छानबिन र कारबाही गर्न जोशीले उजुरी पेश गरेको उल्लेख छ ।

तथ्यसहित समाचार प्रकाशित भएपछि खरिद प्रक्रियामा त्रुटी भएको सरकार नै घुमाउरो तरिकाले स्वीकार्न वाध्य भएको थियो । खरिद प्रक्रिया नै रद्द गर्नुपर्ने अवस्था बन्यो । खरिदको ठेक्का पाएको कम्पनि नै गलत थियो भन्ने समेत प्रमाणित भइसकेको छ । यो प्रकरणमा कम्पनिलाई कारबाही गर्ने भनेर ठेक्का दिने जिम्मेवारहरुलाई उम्कने बाटो निर्माण गर्न खोजिएको भन्दै विभिन्न राजनीतिक दलका नेता तथा नागरिक अगुवाले ध्यानाकर्षण जनाइसकेका छन् ।

समाचार लिंक:

कोरोना महामारीमा इतिहासकै लाजमर्दो अनियमितता ! यी हुन् मुख्य योजनाकार



प्रतिक्रिया दिनुहोस्