काठमाडौं, २४ चैत । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले चीनको केन्द्रीय सरकारले नेपाललाई कोभिड १९ नियन्त्रणका लागि आवश्यक पर्ने चिकित्सा सामाग्री सहयोग स्वरुप उपलब्ध गराउने बताएको छ ।
नेपाली पत्रकारहरूका प्रश्नहरू लिखित जवाफ दिदै उनले सो कुरा बताएको हो । जवाफमा उनले यस विषयमा दुई देशका सरकार सम्पर्कमा रही रहेको पनि स्पष्ट पार्नु गरेका छन् । नेपालमा कोरोनासँग जुद्धन चीनले के सहयोग गर्छ रु भन्ने प्रश्नको जवाफमा राजदूत होउले चीन कोरोना विरुद्धको लडाइँका क्रममा निकै अफ्ठयारो अबस्थामा रहेका बेला सबै नेपालीले चीनप्रति देखाएको समर्थन र सहयोगलाई चीनले कहिले नभुल्ने बताउनु हुँदै अहिले केही स्थानीय सरकारहरू र नागरिक समाजले नेपाललाई आवश्यक बस्तुहरू सक्रिया रुपमा संकलन कार्य गरी रहेको पनि स्पष्ट पार्नु भएको छ ।
अहिले चीनमा कोरोना संक्रमणको अबस्था कस्तो छ रु भन्ने प्रश्नको जवाफमा राजदूत होउले चीनको कोरोना विरुद्धको लडाइँ अझै नसकिएको र कतिपय बाहिरबाट आउन सक्ने संक्रमणका घटनालाई कसरी रोक्ने भन्ने विषयमा चीन निकै दवाबमा रहेको पनि स्पष्ट गरेका छन् । पत्रकारहरूले नेपाल सरकारले चीनबाट किनेका कोरोना विरुद्धका सबै सामाग्री सरकारी च्यानलबाट सिफारिस गरिएका थिए र ती सबै गुणस्तरीय थिए त रु भन्ने प्रश्नको जवाफमा उनले विश्वमा चिकित्सा सामाग्रीको फरक स्टयाण्डर रहनु सामान्य कुरा रहेको उल्लेख गर्दै चीनले निर्यातमूलक गुणस्तर नियन्त्रणलाई उच्च प्राथमिकता दिने गरेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका गुणस्तर नभएका सामान निर्यात गर्न नदिने गरेको बताएका छन् । (गोरखापत्रबाट)