Logo

टेकु पछि दोस्रो ठूलो, एक सिफ्टमा ९० नमुना परीक्षण गर्न सकिने



काठमाडौँ, २४ ,चैत । राष्ट्रिय पंन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिषरमा कोरोना रोग भए नभएको पत्ता लगाउने कोभिड १९ प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ ।

मेडिकल सिटीको रुपमा विकसित भए पनि कोरोना ल्याब नभएको भन्दै नागरिक स्तरबाट व्यापक दवाव भएपछि मन्त्रालयले यहाँ प्रयोगशाला राख्ने निर्णय गरेको थियो । प्राविधिकहरुको अध्ययन पछि पन्छी रोग अन्वेशण प्रयोगशालामा कोरोनाको परिक्षण गर्ने स्थापना गरिएको हो । प्रतिनिधि र प्रदेश सभा सदस्य, जिल्ला स्थित दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब (नमुना) प्राबिधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुभारम्भ गरेका छन् ।
आइतबार एउटा नमुनामात्र प्रयोगशालामा परिक्षण गरिने छ । सो नमुना प्रदेश परिक्षण कार्यालय हेटौडाको प्रयोगशालामा समेत पठाईएको छ । प्रयोगशाला शुभारम्भको अबसरमा प्रतिनिधि सभाका कानुन, न्याय तथा मानबअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले स्थानीय, प्रदेश र संघिय सरकारको संयुक्त प्रयासबाट छोटो समयमा प्रयोगशाला संञ्चालनमा आएको बताएका छन् । उनले चितवन र आसपासका बिरामीको नमुना परिक्षण गर्न प्रयोगशाला प्रभावकारी हुने बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको साथ र सहयोगका कारण ७२ घण्टाभित्र उच्च स्तरको प्रयोगशाला संञ्चालनमा आएको बताएका छन् । कोरोना अस्थायी अस्पताल निर्माण पछि रोग पहिचानका लागि प्रयोगशाला निर्माण गरिएको उनले बताए । भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भरतपुर कोभिड १९ परिक्षण प्रयोगशाला संञ्चालनमा आए संगै रोग नियन्त्रणमा प्रभाबकारी हुने बताएका छन् । सो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरि संञ्चालनमा ल्याईएको हो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्