नयाँदिल्ली, चैत २५ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा एकै दिन २८ जनाले ज्यान गुमाएका छन् । यस्तै संक्रमितको संख्या चार हजार २ सय ८१ जना पुगेको छ। देशभरमा गरी अहिलेसम्म एक सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना संक्रमण मुक्त भएका छन् ।
बितेको २४ घण्टामा भारतमा सात सय चार जनामा कोभिड १९ को सक्रमण देखिएको त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ।
त्यस्तै, मुम्बईस्थित वोकहर्ट अस्पतालमा कार्यरत २६ जना नर्स र तीन जना डाक्टरमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि हाललाई अस्पताल बन्द गरिएको छ।
अहिले अस्पतालमा रहेका अरु कर्मचारीको पनि कोरोना भाइरस ९कोभिड१९० परीक्षण भइहेको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अस्पताल खोल्ने वा नखोल्ने भन्नेबारेमा प्रशासनले निर्णय गर्ने समाचार संस्था एएनआईले जनाएको छ।
अस्पतालमा भर्ना भएका एक सङ्क्रमितबाट नर्समा र नर्सबाट अरु कर्मचारीमा सङ्क्रमण फैलिएको हुन सक्ने आशङ्का गरिएको छ।