Logo

यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता भन्ने बहस ठिक होइनः प्रधानमन्त्री ओली



काठमाडौं, चैत २५ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको जोखिम नेपालमा अझै कायमै रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई महामारीलाई रोकथाम गर्न सहयोग गर्न आग्रह गरेका छन् । संक्रमण नेपालमा फैलिन नदिन सरकारले उपयुक्त कदमहरु चालिसकेको जनाउदै उनले संक्रमणको अवस्थालाई हेरेर लकडाउनको अवधि बढाइएको बताएका छन्।

देशमा लकडाउन गरिएयता दोस्रोचोटी राष्ट्रका नाममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सुरक्षाकर्मी तथा जनप्रतिनिधि तथा स्वयंसेवीहरूको कामको समेत प्रशंसा गरेका छन्।

ओलीले यतिखेर क्वारन्टीनमा ९,१६१ जना रहे पनि देशभरि ३०,५६७ लाई राख्न सकिने क्षमता रहेको बताएका छन् ।कसैको एउटा लापरवाही सिङ्गो समुदायलाई महङ्गो पर्नसक्ने भन्दै उनले लकडाउन पालना गर्न समेत सबैमा आग्रह गरेका छन् ।

सीमामा रोकिएका नेपालीहरूबारे सरकारले उचित कदमु चालेको भन्दै उचित समयमा पुनः जाँच गरेर नेपाल भित्र्याइने आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

आगामी दुई साताुथप जोखिमपूर्णु भएको बताउँदै ओलीले र्‍यापिड टेस्ट किटले परीक्षणको काम तीव्र गतिमा लैजाने सरकारको योजना सुनाए।

क्वारन्टीन अवधि पूरा गरेका व्यक्तिको समेत पुनः परीक्षण गरिने जनाउदै उनले यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता भन्ने बहस गर्नु नै उपयुक्त नहुने भनाई राखेका छन् । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।



प्रतिक्रिया दिनुहोस्