काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दे आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।
लकडाउनको अवधिमा थप संक्रमित देखिन सक्ने भन्दै ओलीले लकडाउनको समय थप गरेको र समुदायमा संक्रमण फैलिने जोखिमलाई ध्यान दिदै सबैलाई महामारी रोकथाम गर्न आफ्नो क्षेत्रबाट सहयोगको समेत आग्रह गरेका छन् ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको ओलीले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् ।कसैको एउटा लापरवाही सिङ्गो समुदायलाई महङ्गो पर्नसक्ने भन्दै उनले लकडाउन पालना गर्न समेत सबैमा आग्रह गरेका छन् ।