Logo

भारतीय अर्बपतिको कम्पनिले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न सक्ला ?



साइरस पुनावाला खानदानी धनाढ्य हुन् । उनी भारतको सर्वाधिक धनाढ्यमा सातौं नम्बरमा पर्छन् । पुणेमा बसोबास गर्ने पुनावालाको भ्याक्सिन विकास र उत्पादन गर्ने कम्पनि पनि छ ।

पुनेवाला ग्रुप अन्तर्गत सेरम इन्स्टिच्युट अफ इन्डिया नामको कम्पनि पनि पर्छ । यसका मालिक हुन् पुनेवाला । उक्त कम्पनिले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको विकास गरिरहेको छ । अहिले भ्याक्सिनको मुसामा परीक्षण भइसकेको छ । अब मानवमा परीक्षण गर्ने तयारी भइरहेको छ ।

फोर्बसले विश्वका सर्वाधिक धनीहरुको सूची सार्वजनिक गरेकोमा भारतबाट मुकेश अम्बानी अग्रपंक्तिमा देखिएका छन् । उनको कुल समपत्ति ३८.८ अर्ब डलर रहेको छ । भारतको सर्वाधिक धनीमा राधाकिशन दामनी दोस्रो, शिव नादार तेस्रो, उदय कोटाक चौंथो, गौतम अडानी पाचौं, सुनिल मित्तल छैठौं र साइरस पुनेवाला सातौं नम्बरमा छन् ।

सातौं नम्बरमा भएपनि अहिले सिंगो भारत नभई विश्वका धेरैको ध्यान साइरस कम्पनिमा छ । त्यसैले पनि साइरस पुनेवाला चर्चामा छन् । –एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्