Logo

प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच वार्ता



काठमाडौँ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल सइदसँग टेलिफोन वार्ता गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वभर फैलिरहेका बेला त्यहाँस्थित नेपाली नागरिकको सुरक्षाका बारेमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी जानकारी लिएको हो ।

“ठूलो सङ्ख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग संवाद गर्ने क्रममा मेरो ओमान सरकारका हिज हाइनेससँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीलाई ओमानको सुरक्षा र सहयोग रहिरहनेमा उनले मलाई निश्चिन्त पारेको छ” कुराकानीपश्चात् सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले ओमानमा कार्यरत नेपालीले इमानदार र परिश्रमीका रूपमा ओमानको विश्वास जितेको जानकारी पाउँदा आफूलाई खुसी लागेको छ भने । परराष्ट्र मन्त्रालयका अनुसार ओमानमा २५ हजार नेपाली कार्यरत छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्