Logo

सुदूरपश्चिममा एउटा मात्र भेन्टिलेटर



डोटी,चैत २८ । विश्व कोरोना भाइरसको महामारीमा छ। नेपालमा हालसम्म नौजनामा संक्रमण भेटिएको छ। जसमा चारजना सुदूरपश्चिमका छन्। चारैजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको मात्र उपचारमा खासै समस्या देखिएको छैन र ठूलो मात्रामा संक्रमण पनि फैलिएको छैन। तर जोखिमको खतरा भने उच्च छ। यही जोखिम न्यूनीकरण गर्न मुलुकभर लगाइएको लकडाउन तेस्रो साता चलिरहेको छ।

सुदूरपश्चिममा कोरोना संक्रमण युरोपका विभिन्न मुलुकमा वा छिमेकी मुलुक भारतमा जसरी फैलिए के होला ? यसको कल्पना गर्नसमेत स्वास्थ्यकर्मी डराइरहेका छन्। उनीहरुको डरको मुख्य कारण हो– पूर्वाधार, उपकरण र जनशक्ति अभाव।

केही दिनअघि डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ज्योति पाण्डेले जिल्लामा कसैलाई कोभिड–१९ को संक्रमण पुष्टि भए उपचारका लागि आइसियू र भेन्टिलेटर भएको ठाउँमा पठाउनुपर्ने बताएकी थिइन्। सरकारले कोभिड–१९ संक्रमण भएका र सदिग्ध बिरामीलाई जिल्ला अस्पतालमै उपचार व्यवस्था मिलाउन निर्देश गरेको छ। सरकारको निर्देशनपछि जिल्ला अस्पतालहरुले जसोतसो व्यवस्था मिलाइरहेका छन्।

डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। जगदीश बिष्ट कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई आइसोलेसन आइसियूमा नराखे ज्यान नै जोखिममा पर्न सक्ने बताउँछन्। ‘सामान्य अवस्थाकालाई त जिल्लामै उपचार गरौंला,’ उनले भने, ‘गम्भीर अवस्थाका बिराममीलाई त भेन्टिलेटरसहितको आइसोलेसन आइसियू चाहिन्छ। जुन हामीसँग छैन।’

प्रदेशभरिमा सेती प्रादेशिक अस्पतालमा मात्र आइसियूका पाँचवटा शड्ढया छन्। भेन्टिलेटर भने एउटा मात्र छ।
डडेल्धुरा अस्पताल सुदूरपश्चिमका पहाडी जिल्लाको सबैभन्दा राम्रो मानिन्छ, जुन संघीय सरकार मातहता छ।

कोभिड–१९ संक्रमणबाट गम्भीर बनेका बिरामीलाई अनिवार्य रुपमा भेन्टिलेटरसहितको आइसियू चाहिन्छ तर सुदूरपश्चिम पहाडका अस्पतालमा यो सुविधा शून्य छ। प्रदेशभरिमा सेती प्रादेशिक अस्पतालमा मात्र आइसियूका पाँचवटा शड्ढया छन्। भेन्टिलेटर भने एउटा मात्र छ। भेन्टिलेटर नभएको अवस्थामा कोरोना संक्रमणले महामारीको रुप लिए उपचारमा बाधा पर्ने चिकित्सक बताउँछन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot