काठमाडौं, २९ चैत्र । नेपाल प्रहरीमा १० एसएसपीको डिआइजीमा बढुवा सिफारिश भएको छ । सरकारले डिआइजीको दरबन्दी कटौती गरेपछि तिव्र प्रतिष्पर्धाबीच उनीहरुको बढुवा सिफारिश भएको हो । बढुवा समितिले गरेको सिफारिशमा वरिष्ठता र कार्यक्षमता दुवैलाई हेरिएको छ । अब मन्त्रिपरिषदले उनीहरुको बढुवा निर्णय गर्नेछ ।
बढुवामा हालका एआइजी शैलेश थापा क्षेत्री र हरि पालको ब्याचीबाट घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त र ईश्वर बहादुर कार्की परेका छन् । अपराध महाशाखाका एसएसपी सहकुल बहादुर थापाले अघिल्लो ब्याचीहरु समेतलाई पछि पारेर पाचौं नम्बरमा परेका छन् । उनी कालो बजारी गर्ने व्यापारी शुलभ अग्रवाललाई पक्राउ गरेर चर्चाको शिखरमा छन् ।
वर्तमान डिआइजी विश्वराज पोखरेलको ब्याचीका धिरजप्रताप सिंह छैठौं नम्बरमा छन् । उक्त ब्याचीबाट बसन्तकुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बि.सी. परेका छन् ।
सिंहले विगतमा अपराध अनुसन्धान महाशाखाको एसएसपी भई राम्रो काम गरेका थिए । सुवेदी हाल काठमाडौं प्रहरीमा एसएसपी छन् ।