Logo

फोहोर व्यवस्थापन प्रभावकारी



काठमाडौँ, २९ चैत । कोराना भाइरसविरुद्ध गरिएको लकडाउनको समयमा पनि उपत्यकाको फोहोर व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको छ । फोहोर सङ्कलन र व्यवस्थापन नियमित रूपमा गरिरहेको स्थानीय तहले बताएका छन् ।

लकडाउन भएपछि स्थानीयवासीले सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न दिएका थिएन । अहिले सिसडोलमा अवरोध हटेपछि काठमाडौँ र ललितपुर महानगरपालिकाको फोहोर ल्यान्डफिल साइट लगिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका वातावरण शाखाका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिकाबाट दैनिक उठ्ने फोहोरको मात्रा अहिले घटेको बताएका छन् । उनका अनुसार यसअघि साधारण अवस्थामा दैनिक चार सय ट्रकसम्म फोहोर ल्यान्डफिल साइट लगिन्थ्यो । लकडाउनको समयमा भने घरायसी फोहोर मात्र सङ्कलन र व्यवस्थापन गर्नुपर्ने भएकाले फोहोरको परिमाण घटेको बताएका छन् । अहिले काठमाडौँ महानगरपालिकाले १२० देखि १२५ ट्रक फोहोरमैला ल्यान्डफिल साइट पु¥याइरहेको प्रमुख श्रेष्ठले बताएका छन् ।

फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि मास्क, पञ्जा र बुट जस्ता सामग्री उपयुक्त तरिकाले प्रयोग गर्न सचेत गराइएको उनले बताएका छन् । बजारमै अभावका कारण व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० भने सबै सफाइ कर्मचारीलाई दिन नसकेको उनले जानकारी दिएका छन् । उनले सबै सफाइ कर्मचारीलाई पीपीई वितरण गर्ने प्रयास गरिरहेका छौँ । विभिन्न ठाउँबाट प्राप्त एक सय थान पीपीई भने वितरण गरिसकेको जानकारी दिएका छन् । पीपीई नभए पनि नगरपालिकाले बर्सेनि वितरण गर्ने मास्क, पञ्जा र बुट नियमित प्रयोग गर्न प्रोत्साहन गरिरहेको बताएका छन् । उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने स्थान नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट वरपरका स्थानीयवासीलाई पनि मास्क, पञ्जा, सेनिटाइजर तथा सफाइ सामग्री र ज्वरो जाँच्ने उपकरण चाँडै वितरण गरिने वातावरण विभाग प्रमुख श्रेष्ठले बताएको छ ।

त्यस्तै उनले काठमाडौँ महानगरपालिकाले सरसफाइ कर्मचारीको दैनिक थर्मल ज्वरो जाँच र स्वास्थ्य निगरानी गरिरहेको बताएका छन् ।
ललितपुर महानगरपालिकाको पनि फोहोरमैला सहज तरिकाले सङ्कलन र व्यवस्थापन भइरहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् । महानगरपालिकाले दैनिक रूपमा घरायसी फोहोरमैलाको सङ्कलन र व्यवस्थापन गर्दै आएको उनले बताएका छन् ।  महानगरपालिकाले सरसफाइ कर्मचारीको व्यक्तिगत स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध पनि गरिएको उनको भनाइ छ । उहाँले महानगरका झन्डै १५० जना फोहोरमैला व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीलाई पीपीई वितरण गरिसकेको जानकारी दिएका छन् ।

ललितपुर महानगरपालिकाको फोहोरमैला पनि सिसडोल ल्यान्डफिल साइटमा नै व्यवस्थापन गरिँदै आएको छ । भक्तपुर नगरपालिकाले भने पहिलेभन्दा पनि सङ्क्रमणको अवस्थामा सहर अझ सफा राख्नुपर्छ भनी सम्पूर्ण सफाइकर्मीलाई परिचालन गरिएको जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot