Logo

काठमाडौं परिसर र अपराध महाशाखाका लागि प्रतिस्पर्धा सुरु



काठमाडौं, २९ चैत । डिआईजी बढुवा सिफारिससँगे प्रहरीमा पदस्थापन र सरुवाको दौडधुप पनि सुरु भएको छ । शुक्रबार सिफारिस भएका १० डिआईजीको आगामी साता बढुवापछि पदस्थापन हुने छ । पदस्थापनका लागि प्रदेश नम्बर १, बागमती, गण्डकी र ५ नम्बरमा प्रतिस्पर्धा छ ।

त्यस्तै बढुवासँगै काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्व पनि रिक्त हुँदै छ । महाशाखाका सहकुल थापा तथा परिसरका उत्तमराज सुवेदीको बढुवा सिफारिस भएपछि ती कार्यालयका लागि एसएसपीबीच प्रतिस्पर्धा सुरु भएको छ । परिसर र महाशाखाका प्रमुख दाबेदार उमेशराज जोशी र श्यामलाल ज्ञवाली हुन् ।

सो ब्याचमा पहिलो नम्बरमा बढुवा भएका सन्दीप भण्डारीले दुई पटक इन्चार्ज पाइसकेका छन्, दोस्रो नम्बरमा बढुवा भएका टेक प्रसाद राई ललितपुरको प्रमुख छन् । जोशी र ज्ञवालीले इन्चार्ज हुने अवसर पाएका छैनन् । जोशी हाल प्रवक्ताका रुपमा कार्यरत छन् । ज्ञवाली महानगरीय प्रहरी कार्यालयमा छन् । उनी प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका भाई समेत हुन् । अन्य केही एसएसपीले पनि दुई कार्यालयका लागि चासो देखाएका छन् । सिआईबीमा हुँदा अपराध अुनसन्धानमा उत्कृष्ट भएकी किरण बज्राचार्यको पनि अपराध महाशाखामा इन्चार्ज हुने सम्भावना छ । एसएसपी दीपक थापाले पनि सरुवाका लागि सक्रियता बढाएका छन् ।

साथै अबको सरुवामा रामदत्त जोशी, दीपक थापा, बुद्धिराज गुरुङ, पोषराज पोखरेल, टेकबहादुर तामाङले लगायतको पनि जिम्मेवारी हेरफेर हुने सम्भावना छ । हालै बढुवामा छुटेका सिनियर एसएसपीहरुलाई पनि इन्चार्ज दिनुपर्ने दबाब गृह मन्त्रालयमाथि छ । दृष्टिबाट File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot