Logo

तीन जना थप कोरोना भाइरस संक्रमित भएको सरकारले पुष्टि गर्यो



काठमाडौं, ३० चैत्र । सरकारले तीनजना थप कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जमा तीनजनाको कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार छपकैयास्थित मस्जिदमा रहेका तीनजना पुरुषलाई कोरोना संक्रमण भएको जनाएको हो । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी मस्जिदमा भेटिएकाको उमेर ३७, ४४ र ५५ वर्ष छ ।

उनीहरुलाई शंका लागी नारायणी अस्पताल वीरगंजमा आइशोलेशनमा राखी थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको ल्याब परीक्षण गरिएको र पुन यकिन गर्न २९ चैत्रमा पुनः परीक्षण गरिएकोमा त्यहाँबाट पनि पोजेटिभ देखिएको थियो । उनीहरुको संसर्ग र गएको स्थान समेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरु भइरहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्