Logo

कोरोना महामारीबाट छिट्टै मुक्त हुन सकौं : प्रधानमन्त्री



काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कमना गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको बताउँदे सन्देशमा भने, “हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएका छौं । आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त छ ।”

विगतमा भूकम्पको अफ्यारो अबस्थामा नेपालीले देखाएको एकता र सहासबाट सो भूकम्पको प्रभावबाट उठ्न सफल भएको दृष्टान्त दिदै कोरोना विरुद्धको लडाइँमा पनि एक हुन प्रधानमन्त्रीले आग्रह गरेका छन् । सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, “मेरो नेतृत्वमा रहेको नेकपाको वर्तमान सरकार गठन भएको २ वर्ष वितेको छ । तपाई हामी सबैलाई थाहा छ, विगत दुई बर्षको प्रगति उत्साहजनक रहेको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्