Logo

राजनीतिक संयन्त्र गठन गर्ने नगर्ने विषय प्रधानमन्त्रीको अधिकारको कुरा हो : अध्यक्ष प्रचण्ड



वैशाख १, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने वा नगर्ने निर्णय प्रधानमन्त्रीको स्वविवेकमा भर पर्ने स्पष्ट पारेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष दाहालले आफूले कोरोना संक्रमणविरुद्ध लड्न सबै दल एकबद्ध हुन संयन्त्रको कुरा गरे पनि प्रधानमन्त्रीले अस्वीकार गरको बताए । संयन्त्र गठन गर्ने विषय प्रधानमन्त्रीको अधिकार भएकाले अब त्यसमा थप बहस गर्न आवश्यक नभएको दाहालको भनाई छ ।

यसअघि दाहालले नेकपा सचिवालयमा कोभिड– १९ नियन्त्रण र रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने कि भन्ने प्रस्ताव गरेका थिए । तर
प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालको प्रस्ताव अस्वीकार गरेका थिए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच बर्ष प्रधानमन्त्री रहने विषयमा शंका नगर्न आग्रह गरेका छन् । अहिले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको र त्यस्तो कुनै आवश्यकता पनि नरहेको दाहालले बताए ।

सरकारका कामकारवाही राम्रो ढंगले अघि बढिरहेकाले महामारीकारुपमा देखा परेको कोरोनालाई परास्त गर्न सरकार सक्षम रहेको पनि दाहालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्