Logo

कोभिड विरुद्धको सहयोग तेब्बर



काठमाडौँ, २ वैशाख । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना महामारी प्रभावविरुद्ध यसअघि घोषणा गरेको आर्थिक सहयोगको तीन गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पु¥याएको छ । मार्च १८ घोषणा गर्दा सहयोग प्याकेज ६.५ अर्ब डलरको थियो ।

२० अर्ब डलरको आर्थिक सहयोग विकासोन्मुख सदस्य राष्ट्रको अर्थतन्त्रमा उत्पन्न आर्थिक जटिलताको सामना गर्न सघाउने गरी बढाइएको एडीबीले जनाएको छ । यससँगै सहयोगअन्तर्गतको रकम छिटोछरितो रूपमा उपलब्ध गराउने गरी मापदण्डसमेत निर्धारण भएको जनाइएको छ । घोषित रकममध्ये २.५ अर्ब डलर सहुलियतपूर्ण र अनुदानका रूपमा उपलब्ध गराइने एडीबी मुख्यालयले उल्लेख गरेको छ । कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा विगतमा भइरहेको गरिबी निवारण अर्थिक वृद्धिजस्ता उपलब्धिलाई उल्टाइदिने देखिएको भन्दै एडीबीका अध्यक्ष मासातस्गु आस्कावाले यो प्याकेज छिटोछरितो रूपमा उपलब्ध गराइने प्रतिबद्धता जनाएको छ ।

घोषित सहयोग एडीबीका देशीय संरचना त्यहाँका सरकारलाई कोभिड प्रभाव न्यूनीकरण कार्यक्रममा सघाइने उल्लेख छ । प्योकजलाई न्यून आय वर्ग र जोखिममा परेका जनताको जीवनस्तर उकास्न केन्द्रित गरिने एडीबीले जनाएको छ । २.५ अर्ब डलरको अनुदान भने तत्काल आवश्यक स्वास्थ्य सामग्री किन्न उपलब्ध हुने र दुई अर्ब डलर निजी क्षेत्रको उत्थानमा केन्द्रित गरिने एडीबीले जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्