एजेन्सी, २ वैशाख । बितेको २४ घन्टामा दुई लाख कोरोना भाइरसका संक्रमित बढेका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ ।
जोन हप्किन्स विश्वविद्यालयले विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको जनाएको छ । रुसी समाचार संस्था तासले उल्लेख गरे अनुसार २० लाख १९ हजार मानिसमा संक्रमण पत्ता लागेको छ । झण्डै १ लाख २० हजार मानिसको संक्रमणबाट मृत्यु भइसकेको छ ।
सबैभन्दा महामारी अमेरिकामा छ जहाँ झण्डै सात लाख मानिसहरु संक्रमित भइसकेका छन् । अमेरिकामा मृतकको संख्या २३ हजार नाघेको छ ।
स्पेनमा १ लाख ७० हजार संक्रमिन भएका छन् भने १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
देश संक्रमित
अमेरिका ६८२६११९
स्पेन १७००९९
इटाली १५९५१६
फ्रान्स १३००००
नेपाल १४
स्रोतः जोन होप्किन्स विश्वविद्यालय