Logo

‘यस्तो बेला प्रधानमन्त्रीले सजग भएर बदमासी गर्नेलाई कारवाही गर्नुपर्छ’



काठमाडौँ, २ बैशाख । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले कोरोनाविरुद्ध सरकारले चालेको हरेक कदमप्रति कांग्रेसको कुनै प्रतिक्रिया नरहेको भन्दै यस्तो समयमा बदमासी गर्नेहरुलाई प्रधानमन्त्रीले कारवाही गर्न सक्नुपर्ने बताएका छन् । उनले अहिले सवै भन्दा सचेत र सक्रिय सरकार नै रहनुपर्ने भन्दै सरकारले गर्ने सवै राम्रा कामको कांग्रेसले खुलेर समर्थन गर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै डा. भण्डारीले कोरोनाले कुनै पार्टी, जाती र ठूलो सानो देश नभन्ने भएकाले सरकारले आफ्नो जिम्मेवारीलाई बढाएर आवस्यक सामानको व्यवस्थापन गर्दै औषधी खरिद जस्ता विषयमा अनियमिता नगरोस र गर्ने माथि कारवाही होस भन्ने कांग्रेसको चाहना रहेको बताएका छन् । उनले सुरुका केही तयारीमा सरकार चुकेको भन्दै विरामी अवस्थामा रहेपनि प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भइरहे पनि भ्रष्टाचारको महारोगमाथि प्रहार गर्न नसकेको दावी गरेका छन् । भण्डारीले भन्नुभयो,‘ हामीले समय छदँै तयारी गर्न सकेनौ । प्रधानमन्त्रको एक्टीभिटी हेर्दा अरुको भन्दा बढी छ । यसरी सक्रिय भएर लागेका बेलामा पनि भ्रष्टाचारीलाई किन हटाउन नसक्नुभएको हो’ ।

आफुले भ्रष्टाचार नगर्ने र अरुलाई भ्रष्टाचार गर्न पनि नदिने कुरामा बचनबद्ध प्रधानमन्त्रीले यस्ता विषयमा होसियार हुनुपर्ने र प्रधाननमन्त्रीका वरीपरि बसेकाले पनि विचार पुर्याउनुपर्नेमा भण्डारीको जोड रहेको छ । उनले सरकारमा बसेका मान्छेहरुले काम गर्न नसकेको र धरैको बदमासी मात्र देखिएको भन्दै उनिहरुलाई कारवाही गरी जनताको विश्वास जित्न सरकारलाई सुझाव दिएका छन् । (रेडियोएनआरएनडटकमबाट)



प्रतिक्रिया दिनुहोस्