Logo

कोरोना रोकथामको जिम्मेवारी निजी अस्पताललाई पनि दिइने



जनकपुरधाम, बैशाख २ । प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रण र उपचारकालािग निजी अस्पतालको व्यवस्थापनतर्प जोड दिएको छ। कोरोनाको उपचराकालागि सरकारी अस्पतालमा मात्र निर्भर रहेको प्रदेश सरकार निजी अस्प्ताललाई समेत प्राथमिकतामा राखि निजी अस्प्ताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई पिपिई लगयात आवश्यक उपकरण उपलब्ध गराउने भएको छ।

सोमवार समाजिक विकास मन्त्रालयले आयोजना गरेको बैठकमा नीजी स्वास्थ्य संस्थालाई अन्य रोगको उपचार गर्न र साधारण चेकजाँचलाई समेत उच्च प्राथमिकतामा राख्न सिफारिस गरिएको हो। कोरोनाको रोकथाम र उपचारका लागि प्रदेश सरकारले नीजि अस्पतालसँग समझदारी निर्माण गर्ने र उक्त पत्रको खाका तयार गरी सोही बमोजिम जिम्मेवारी दिन सिफारिस गर्ने निर्णय गरेको समाजिक विकासमन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालय, समाजिक विकासमन्त्रालयका अधिकारी र अस्पतालका प्रतिनिधीसमेत बीच भएको छलफलपछि कोरोना संक्रमण सम्बद्ध उपचार जोखिम पुर्ण रहेको भन्दै यसलाई समग्र स्वास्थ्यकर्मीले विशेष सर्तकता अपनाउनुपर्ने मध्यनजर गरी निजी क्षेत्रका अस्प्ताललाई पिपिइ लगायतका आवश्यक उपकरण उपलब्ध गराउन निर्णय गरिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot