Logo

नयाँ वर्ष मनाउन जाँदा सुन, गहना र पैसा चोरी



बझाङ, ४ वैशाख : नयाँ वर्ष मनाउन लकडाउनका बेला जिल्ला सदरमुकाम चैनपुरस्थित कोठा छोडेर गाउँको घरमा गएका श्याम परियारको कोठामा ताल्चा फुटाएर एक थान ल्यापटप, सुनचाँदीका गरगहनासहित नगद पैसा चोरी भएको छ ।

कोठाको ढोकामा बिग्रेको ताला झुन्ड्याएको देखेपछि परियारका छिमेकीले फोनमार्फत खबर गरेका थिए । कोठामा आउँदा सामान चोरी भएको देखिएको उनले बताए । सदरमुकाम चैनपुरको समता स्कुलअगाडि रहेको उनको कोठालगायत उनको छिमेकी वीरु ओखेडाको घरमा पनि ताल्चा फुटाएर सुनका गहना, टिभी र नगद पैसा चोरी भएको बताइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot