Logo

पिज्जा ओसार्ने युवकमा कोरोना संक्रमण भेटिएपछि…



एजेन्सी, ४ वैशाख । उनी हरेक दिन दर्जनौं स्थानमा पिज्जा ओसार्थे । माग भएको स्थानमा तुरुन्त पिज्जा पुर्याउने उनको काम थियो । यो काम उनले लामो समययता गर्दै आएका थिए ।

तर, अहिले ती युवकलाई कोरोना भाइरसको संक्रमण पत्ता लागेपछि दिल्लीमा त्रास बढेको छ । पिज्जा ब्वाईले कुन कुन स्थानमा पिज्जा पुर्याए र को कोसँग सम्पर्कमा आए भन्नेबारे दिल्ली सरकारले खोजी गर्न थालेको छ । युवकले आफू विगत २० दिनमा पुगेको स्थानबारे समेत जानकारी दिएका छन् ।

२८ मार्चबाट नै युवकको स्वास्थ्यमा समस्या थियो । कोरोनाको लक्षणपछि उनले चेकजाँच गर्दा मंगलबार कोरोना संक्रमण पत्ता लागेको थियो ।

युवकले जोम्याटो कम्पनिको माग आउँदा समेत पिज्जा पुर्याएको खुलेको छ । जहाँ जहाँ उनले पिज्जा पुर्याए त्यहाँ त्यहाँ मानिसलाई क्वारेन्टाइनमा राखेर चेकजाँच बढाइएको छ । उनीसँग काम गर्ने १७ जनालाई समेत क्वारेन्टाइनमा राखिएको छ ।

युवक बस्ने गरेको स्थान र पिज्जा पुर्याएको स्थानका मानिसलाई खोजेर टेष्ट शुरु गरिएको छ । यसले त्यहाँ त्रास बढेको छ ।



प्रतिक्रिया दिनुहोस्