Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार नाघ्यो



एजेन्सी, ४ वैशाख । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ ।

अमेरिकामा पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३२ हजार ७ सय ७ पुगेको छ । न्युयोर्कमा मात्र १४ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ लाख १४ हजार नाघेको छ ।

अमेरिकामा कोरोना उच्च बिन्दुमा पुगेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले त्यहाँ अब संक्रमित घट्ने अपेक्षा गर्दै लकडाउन खुकुलो पार्ने संकेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्