Logo

भारतमा कोरोना संक्रमणबाट ४२३ जनाको मृत्यु



एजेन्सी, ४ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमणबाट ४२३ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ १२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

भारतको दिल्ली र मुम्बई शहरमा संक्रमित संख्या बढी देखिएका छन् । बाक्लो बस्ती भएको शहरी क्षेत्रमा महामारीको खतरा बढेको छ ।

पछिल्लो समय भारतमा मृतक र संक्रमित दुवैको संख्या बढिरहेको छ । भारतमा २१ दिनको लकडाउन सकिएपछि हिजोबाट दोस्रो चरणको लकडाउन शुरु भएको छ । कोरोना रोकथामका लागि त्यहाँको सरकारले कडा कदम चालेपछि वृद्धि भइनै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्