Logo

चरणबद्ध रुपमा विभिन्न राज्यमा लगाइएको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा



काठमाडौं, बैशाख ५ । कोभिड–१९ अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने विषयमा गभर्नरहरूलाई निर्देशन दिएका छन्।उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताए।

ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा उनले गभर्नरहरूलाई आवश्यकता अनुसार आ(आफ्नो राज्यमा कदमहरू चाल्न अनुमति दिइने बताएका हुन्।यसअघि ट्रम्पले मे पहिलो तारिख वा गभर्नरले चाहे त्योभन्दा पहिला नै आफ्ना राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताएका थिए।ट्रम्पले सङ्घीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँ गर्ने पनि बताए।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट ६ लाख ६७ हजार भन्दा बढि सङ्क्रमित भइसकेका छन् भने ३२ हजार ९ सय भन्दा धेरैको मृत्यु भइसकेको छ।बीबीसीका अनुसार ट्रम्पले केही राज्यहरू यही महिना खुल्नसक्ने पनि बताएका छन् ।

देशव्यापी बन्द बेहोर्न सकिने दीर्घकालीन समाधान होइन।उनले लकडाउन लम्बिँदा त्यसले जनस्वास्थ्यमाथि गम्भीर खतरा थपेको बताए।उनले औषधी र रक्सीको दुरुपयोग हुने, मुटुरोगलगायत अन्य शारीरिक र मानसिकू समस्याहरूमा तीब्र वृद्धिू हुने चेतावनी दिए।

ट्रम्पले सर्तहरू पूरा भएू स्वस्थ्य नागरिकहरू काममा फर्किनसक्ने पत्रकारहरूलाई बताए।उनले अमेरिकीहरूलाई सामाजिक दूरी कायम गर्न र यदि स्वस्थ महसुस नगरे घरमै बस्न भनिने पनि बताए।

उनले अमेरिकाको अर्थतन्त्र पुनस् खोल्ने विषय ूएक पटक चालिने एउटा सावधानीपूर्ण कदमू हुने बताए।ट्रम्प प्रशासनको १८ पृष्ठ लामो निर्देशिकामा तीन चरणमा अर्थतन्त्र पुनस् खोलिने र एउटा चरण कम्तीमा १४ दिनको हुने बताइएको छ।

उक्त निर्देशिका अनुसार कुनै क्षेत्र महिनादिन लामो मूल्याङ्कनपछि सामान्य अवस्थामा फर्किनसक्ने छन्।तर सङक्रमण धेरै रहेका र सङक्रमणको दर वृद्धि भएका ठाउँमा भने त्यो भन्दा बढी लाग्न सक्छ।

तर आलोचकहरूले भने भाइरसले निम्त्याएको सङ्कट छिट्टै टर्छ भन्नेबारे राष्ट्रपति चाहिनेभन्दा बढी आशावादी भएको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot