Logo

प्रधानमन्त्रीज्यू, कलेजोको टुक्रालाई कलेजो दिने पितालाई राज्यको सहयोग मिलोस्



रमा ओलीः देशका अभिभावक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु । तपाईंको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक भयो । तपाईं काममा सक्रिय हुनुभएको छ । यो आफैमा खुशीको विषय हो ।

तर, देशमा शरीरको अंग प्रत्यारोपणमा आर्थिक अभाव भोगिरहेकाहरु धेरै छन् । यस्तै चुनौती एकजना परिवारले भोगिरहेको छ ।
प्रधानमन्त्रीज्यू, यहाँले उपचार नपाएर कोही नेपाली मर्नुपर्दैन भन्नुभएको थियो । तर, यहाँ उपचारमा आर्थिक समस्याका कारण जीवन गुमाउनुपर्नेहरु धेरै छन् । उपचार नपाएर विरामीहरु छटपटाइरहेका छन् ।

प्रधानमन्त्रीज्यु हामीले तपाईंमाथि पुरा आशा भरोसा विस्वास गरेका छौं । अहिले एकजना पिता नवजात शिशुको जीवन रक्षाका लागि ठूलो योगदानका साथ सहयोगको प्रतिक्षामा छन् । कलेजो प्रत्यारोपणको लागि महेश अवस्थीले आफ्नो छोरा शिवांश अवस्थीलाई आफ्नो कलेजो नै झिकेर दिनुभएको छ । कलेजोको टुक्रालाई उहाँले कलेजो नै दिनुभयो । पिताको महान कर्तव्य निभाउनुभयो ।

यस्ता भयानक उपचारको क्रममा अर्थिक अवस्था नाजुक हुनपुगेका पिडित महेश अवस्थीलाई राज्यले आर्थिक सहयोग गर्नुपर्छ । यसमा यहाँको ध्यानाकर्षण गराउनु चाहन्छु । तपाईंले कोही नेपाली उपचार नपाई मर्ने छैनन् भनी घोषणापत्रमा लेख्नुभएको पुनः स्मरण गराउन चाहन्छु ।

हाल भारतको चेन्नई डा. रेला इन्सिच्युट एण्ड मेडिकल सेन्टर चेन्नईमा रहेका महेशप्रसाद अवस्थीको छोरा शिवांशको कलेजो प्रत्यारोपणका लागि भारतमा उपचार रहेको  छ तर कलेजो प्रत्यारोपणका लागि आर्थिक समस्या छ, प्रधानमन्त्री ज्यु ।

जन्म लिएको १४ दिनबाट बिरामी परेको बच्चा पेटमा समस्या आएपछि कान्ति बाल अस्पताल भर्ना गर्न एनआइसीयुमा बेड उपलब्ध नभएकाले अन्त खोज्न भनियो त्यतिन्जेलसम्म बच्चाको स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगीसकेको थियो।

त्रिवीशिक्षण अस्पतालमा एनआइसीयु बेड मिलाएपछि भर्ना गरियो तर ३० दिनपूरा अस्पतालमा राखेर स्वास्थ्य अवस्थामा केही सुधार भएन झन् स्वास्थ्य बिग्रिदै गएको थियो यता थप उपचार गर्न सक्दैनौँ अन्त लग्नुस भनेर रेफर गरिदियो।

यदि रेफर नै गर्नु थियो भने पहिला नै किन गरिदिएन अहिले एक महिना लामो समयसम्म त्रिवि शिक्षण अस्पतालले बच्चाको स्वास्थ्य सगँ ठुलो खेलबाड गरिदियो । कलेजो प्रत्यारोपणका लागि भारतीय रूपैयाँ ४० लाख लागत भन्दा माथि उपचार खर्च लाग्ने भएको छ ।

सम्माननिय प्रधानमन्त्रीज्युले राज्यबाट कलेजो प्रत्यारोपणका लागि अवस्थी परिवारलाई आर्थिक रकम दिलाई दिनुहुनु बिनम्रतापूर्वक अनुरोध गर्दछु।

(महेश अवस्थी हाल कलेजो दान दिएर आराम गरिरहनुभएको छ । उहाँको सम्पर्क नम्बर ९८५८७५२०९९ र ०१६४५१२६८६ हो)



प्रतिक्रिया दिनुहोस्