Logo

चीनको वुआनमा १२९० कोरोना संक्रमितको मृत्यु लुकेको खुल्यो



एजेन्सी, ५ वैशाख । चीनले कोरोना भाइरसको संक्रमितको तथ्यांक भनी दिएको जानकारीमा त्रुटी भेटिएको छ । उसले मृतकको संख्या छुटेको भन्दै नयाँ संख्या सार्वजनिक गरेको छ ।

कोरोना भाइरस पहिलोपटक देखिएको वुआन क्षेत्रमा मात्र ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको खुलेको छ । चीनले नै तथ्यांक सच्याएको छ । थप १२ सय ९० जनाको मृतक संख्या छुटेको सार्वजनिक गरेको हो ।

पछिल्लो समय चीनमा कोरोना भाइरसका संक्रमितको संख्या र वास्तविकताबारे आशंकाहरु भइरहँदा चीनले तथ्यांक सच्याएर सार्वजनिक गरेको हो ।

चीनमाथि पछिल्लो समय कोरोना भाइरससम्बन्धि विभिन्न तथ्य लुकाएको आरोप लाग्दै आएको छ । उसले तथ्य खुलाउने जर्नल कार्टिकल प्रकाशित गर्न समेत कडाई गरेको छ ।-Photo source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot