Logo

खेतखेतै मोटरसाइकल लिएर सीमा वारपार गर्ने समस्या छ-रुद्रप्रसाद पाण्डे, प्रजिअ बारा



काठमाडौं, ५ वैशाख । बारा जिल्लाको भारतसँगको सीमा ६० किलोमिटरभन्दा बढी जोडिएको छ । यसकारण यहाँ लकडाउन निकै चुनौतीपूर्ण छ । तैपनि, लकडाउनको पालना गराउन बारा जिल्ला प्रशासनलगायतका निकाय सक्रिय छ । यसै सेरोफेरोमा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितसँग ऋषि धमलाले एनआरएन रेडियोका लागि गरेको कुराकानीः
बारा जिल्लामा लकडाउन पूर्ण सफल भएको छ ?
जनताहरु गत चैत ९ गतेभन्दा फरक अवस्था छन् । सरकारले गरेको लकडाउनको पूर्ण रुपमा पालना गरेर आफ्नै घरमा बसका छन् । उहाँहरु अति विशेष कामबाहेक बाहिर निस्किएका छैनन् ।
त्यसोभए बाराका जनताले लकडाउनको पूर्ण पालना गरेका छन् ?
गरेका छन् ।
जनताहरुबीच कुनै समस्या छैन ?
लकडाउनका कारण जनताहरु निश्चित रुपमा समस्या छ । पहिला सहज अवस्था गसरी घुमफिर, बसउठ, खानपान थियो, त्यसमा विलकुलै परिवर्तन भएकाले कठिनाइ सबैलाई भएको छ ।
त्यहाँ जनताले राहत पाएका छन् कि छैनन् ?
संघीय र प्रदेश सरकारको कार्यक्रम अन्तर्गत स्थानीय सरकार मार्पmत राहत वितरण गर्ने कार्य निरन्तर रुपमा भइरहेको छ । राहत वितरणको काम सामान्य विवादहरु बाहेक निर्वाध रुपमा सम्पन्न भएको छ ।
त्यसोभए बारा जिल्लाका जनताले भोकभोकै बस्नुपरेको छैन ?
मलाई थहा भएअनुसार अहिलेसम्म यहाँका जनताले भोकभोकै बस्नुपर्ने अवस्था छैन ।
बारा जिल्लामा मजदूरहरु छन् नि होइन ?
अत्यावश्यक बाहेकका धेरै उद्योगहरु बन्द छन् । त्यसकारण धेरै मजदुरहरु घर गइसकेका छन् । ती अत्यावश्यक उद्योगहरुमा कार्यरत मजदुरहरुले त्यस्तो दुःख पाएका छैनन् । यदि मजदुरहरु दुःख पाउने अवस्था आयो भने विपद् व्यवस्थापनले त्यो एरियाको स्थानीय सरकारमार्पmत राहत दिने व्यवस्था मिलाइएको छ ।
बारा जिल्लामा कुहिएको चामल, दाल लगायतका खाद्य सामाग्रीहरु राहतमा बाँडिएको र बजारमा बिक्रीवितरण भएको भन्ने आएको छ नि ?
जनताबाट त्यस्ता गुनासा आएपछि र मिडियाहरुले समाचार लेखेपछि हामीले त्यसको अनुगमन गरेका छौं । कसैकसैले गुणस्तरहिन सामानहरु वितरण गरेको र विक्रीवितरण गरेका पत्ता लागेकालाई हामी कारबाही पनि गरेका छौं । कलैया उपमाहानगरपालिकाले वितरण गरेको दाल गुणस्तरहिन भएको भन्ने थाहा भएको छ ।
त्यसोभए कलैया उपमहानगरपालिकाले वितरण गरेको दाल गुणस्तरहिन देखियो हो ?
पुरै उपमहानगरपालिकालाई दोष लगाउन त मिल्दैन । मिडियामा बाहिर आएका कुरालाई पनि पुरै विश्वास गर्न मिल्दैन । जस्तै वडा नं. १३, २०, ११ लगायतले वितरण गरेका दालहरुमा कैफियत देखिएको छ ।
त्यसरी कैफियत गरेका दालहरु जफत गर्नुभयो ?
त्यो दाल सिलबन्दी गरिएर राखिएको छ । अहिले त्यसको अनुसन्धान भइरहेको छ । त्यो कसरी त्यस्तो भयो भनेर अनुसन्धान गर्ने काम प्रहरीले गर्ने हो । मैले यसो गर्छु, उसो गर्छु भन्न मिल्दैन । प्रहरीमार्पmत सरकारी वकिलले कस्तो अभियोजन गर्छ त्यसका आधारमा भविष्यमा निर्णय हुने कुरालाई अहिले म पूर्वानुमान गर्न सक्दिँन ।
राहत जस्तो कुरामा पनि कोहिएको, अखाद्य चिजहरु वितरण हुँदा सीडीओ भएर तपाईं चुप लागेर बस्न मिल्छ ?
ऋषिजी राहत वितरण र सडेका चिज बजारमा ल्याउनु फरक पाटा हुन् । त्यसरी वितरण गरिएका ती सडेका दालहरु हामीले सिलबन्दी गरिसकेपछि एउटा वडा बाहेक सबैमा नयाँ दाल, नयाँ चामल ल्याएर वितरण गरिएको छ । वितरण भइसकेको ठाउँमा समस्या छैन । एउटा वडामा भने अहिलेसम्म वितरण गरिएको छैन । त्यहाँ पनि अब तुरुन्तै वितरण हुन्छ ।
अब जनताले गुणस्तरहीन राहत खानुपर्दैन ?
अबदेखि यहाँ जनताले कुनै राहत लिँदा गुणस्तरहीन खानु पर्दैन ।
त्यसको लागि तपाईं कडार्इंंका साथ जानुहुन्छ ?
गुणस्तरहीन सामान बजारमा नआओस् भनेर हामी एकदमैसित लागेका छौं । अबदेखि जनताले गुणस्तरहीन सामान खानुपर्दैन ।
तपाईंले बारामा समस्या छैन भनिरहँदा जनता त समस्या भएको कुरा आइरहेको छ नि ?
बारा जिल्लामा समस्या नभएको होइन छन् । त्यो के हो भने यहाँ भारतसँग खुला सीमाना छ । यो जिल्लामा झन्डै ६२ किलोमिटर सीमाना जोडिएको क्षेत्रफल छ । त्यसकारण नाकाभन्दा बाहेक हजारौं ठाउँबाट खेतैखेत मोटरसाइकल लिएर नेपालबाट भारत छिर्ने र भारतबाट नेपाल छिर्ने समस्या छ । अहिले पनि सीमानामा छिर्दै गरेका भारतीय र नेपाली गरेर १५४ जना छन् । यिनीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने छ । अहिलेसम्म यो जिल्लामा क्वारेन्टाइनमा राख्ने व्यवस्था पनि छैन । यो सम्बन्धी चेकजाँच गर्ने अस्पताल पनि छैन । यहाँ क्वारेन्टाइनमा बसेकालाई ¥यापिड टेष्टका लागि किट पनि पर्याप्त मात्रामा आएको छैन । करिव २०० वटा आएको थियो । त्यसमा ५२ जनाको परीक्षण गरिसकेका छौं । ती परीक्षणका सबै रिपोर्टहरु नेगेटिभ आएको अवस्था छ, त्यो अत्यन्तै राम्रो पक्ष हो । यो जिल्ला अरु क्षेत्रभन्दा स्वास्थ्यको पाटोबाट पछाडि भएको जस्तो लागेको छ । यहाँको खाद्यको कुराबाट भन्दा पनि स्वास्थ्यको पाटोबाट अलिकति चिन्तित हुनुपर्ने अवस्था देखिन्छ ।
त्यसोभए सीमानाबाट अभैm पनि आवतजाओत भइराखेको छ ?
सीमानामा पछिल्लो समय चाहीं लुकिछिपी भारत जानेलाई भारतीय प्रहरी एसएसवी पक्राउ गरेर नेपाली प्रहरीलाई बुझाउने र भारतबाट नेपाल आउनेलाई पनि नेपालका प्रहरीले पक्राउ गरेर भारतका सुरक्षाकर्मीलाई बुझाउने काम भइराखेको छ । यो सहयोगबाट गत दुई दिनमा ३० जना भारतीय नागरिकहरुलाई समातेर क्वारेन्टाइनमा राखेका छौं ।
ती क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई कोरोनाको संक्रमण देखिएको छैन ?
अहिलेसम्म ५२ जनाको परीक्षण गरेका छौं । त्यसमा सबैको नेगेटिभ भएको छ । अब जचाउनेमा पनि सबैको नेगेटिभ नै आओस् भन्ने काम गर्दछु ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot