Logo

सामाजिक संजालका यी भिडियो जसले हर कोहिलाई रुवायो



५ वैशाख : निलो पहिरनमा, आकाशे निलो मास्क लगाएका, कपाल बाँधेका एक पुरुष घरको ढोका सामुन्ने आउँछन्। घरभित्रबाट अन्दाजी ३ वर्षे बालिका कुदेर आउँछिन्। उनी सिसाको ढोकाबाट बाहिर रहेका उनका बुवालाई भेट्न आतुर देखिन्छिन्।

बालिकाका बुवाले उनलाई बाहिरबाट माया दिन्छन्। उनी लगातार ढोका खोल्ने प्रयासमा जुटिरहन्छिन् तर असफल हुन्छिन्। बालिकाले क्यामरातर्फ इसारा गर्दै ढोका खोल्न रुदैँ आग्रह गरिरहन्छिन् तर ढोका खुल्दैन। उनको अथाह कोशिसमा पनि त्यो ढोका खुल्दैन।

यो कथा एक चिकित्सक र उनकी छोरीको हो। यो भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ। कारोना संक्रमण उपचारका लागि अहोरात्र खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको अवस्था उक्त भिडियोबाट झल्किन्छ।

यस्तै अर्को भाईरल भिडियोमा घरको ढोका सामुन्ने एक पुरुष निलो कपडामा आउँछन्। उनलाई देख्नासाथ एक बालक ढोकातर्फ दौडन्छन् र अंगालोमा बाँधिन खोज्छन्। तर, उनका पिता उनलाई नजिक नआउन भन्दै पछि हट्छन् र एक्कासी बसेर रुन थाल्छन्। यो साउदी अरबको कथा हो जुन सामाजिक संजालमा अत्यन्त भाइरल बन्यो।

छ सेकेन्डको उक्त भिडियो क्लीपमा देखिएका पुरुष चिकित्सक हुन् जो अस्पतालमा कोरोना संक्रमितहरुको उपचारबाट फर्केका हुन्छन्। उनी मेडिकल सुटमा नै हुन्छन् जसकारण आफ्ना छोरालाई दुरी कायम गर्न भन्दै रुन्छन्।

यस्ता धेरै भिडियो र संदेश हाल सामाजिक संजालमा देखेर मानिस भावुक भइरहेका छन्। कोरोना भाइरसको संक्रमण रोक्नका लागि सामाजिक दुरीको अभ्यास पनि यि भिडियोबाट देख्न सकिन्छ। तर कोरोना उपचारमा रातदिन निरन्तर पहिलो घेरामा खटिएका स्वास्थ्यकर्मीको पिडा र योगदान देख्दा को भावुक नहोला ?मेरोलागानी

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot