Logo

अमेरिकामा कोभिड-१९ बाट ६५ हजारको मात्र मृत्यु हुनसक्ने ट्रम्पको आँकलन



एजेन्सी, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अधिकतम ६५ हजारको मृत्यु हुनसक्ने आँकलन गरेका छन् । यसअघि २ लाख २० हजारसम्मको मृत्यु हुनसक्ने आँकलन गरेका उनले रोकथाममा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले मृतक संख्या ज्यादा नजाने दाबी गरेका हुन् ।

शुक्रबार पत्रकार भेटघाटमा ट्रम्पले लाखौंको ज्यान जान सक्ने जोखिम हुँदा धेरै काम गरेर मृतक संख्या बढ्न नदिने अवस्था बनाएको दाबी गरे । उनले भने, हामीलाई विश्वा छ कि अब मृतक संख्या १ लाख पुग्दैन र हामी ३० देखि ६५ हजारको संख्यासम्म पुग्नेमा छौं ।

कोरोना भाइरसबाट अमेरिकामा ७ लाख संक्रमित भइसकेका छन् । त्यहाँ मृतक संख्या ३६ हजार पुगिसकेको छ । यस अवस्थामा पनि ट्रम्प मृतक संख्या विगतमा अनुमान गरिएकोभन्दा तीन गुनाले घट्ने दाबी गरिरहेका छन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot