Logo

कोरोना संक्रमित ३१ जनामध्ये ४ जना निको भए (कस्को अवस्था के छ सूचीसहित)



काठमाडौं, ७ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित ३१ जनामध्ये ४ जना डिस्चार्ज भइसकेका छन् । आइतबार सेती प्रादेशिक अस्पतालमा उपचाररत युवक संक्रमणमुक्त भई घर फर्किएका हुन् ।

अब २७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये ३ जना काठमाडौं उपत्यकाभित्रका अस्पतालहरुमा उपचार गरिरहेका छन् । २४ जना उपत्यकाबाहिर उपचाररत छन् । सबैभन्दा बढी कोशी अस्पतालमा १३ जना उपचाररत छन् । सेतीमा ३, नारायणी अस्पतालमा ४ र चितवनको भरतपुर अस्पतालमा २ जना उपचार गराइरहेका छन् । एक जना धौलागिरी अस्पतालमा उपचाररत छन् ।

संक्रमितहरुको विवरण
१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो । निको भइ डिस्चार्ज भइसकेको छ
२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा निको भई सेी अस्पतालबाट डिस्चार्ज
८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको
१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको
१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको
१५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य
१६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य
१७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२९. २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए, , ५ वैशाखमा पत्ता लागेको
३०. ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन्, ५ वैशाखमा पत्ता लागेको
३१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत



प्रतिक्रिया दिनुहोस्