काठमाडौं, ७ बैशाख । कोरोना भाईरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएको आज २७ औं दिनमा प्रवेश गरेको छ । सरकारले यही बैशाख १५ गतेसम्म लकडाउन कायम गरेको छ । आज हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले पुतलीसडक, वीर अस्पताल, सुन्धारा हुँदै कीर्तिपुर नगरपालिका–६ स्थित चोभार सुख्खा बन्दगाहसम्मको वस्तु अवस्था नियाँलेका छन् ।
चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य पनि अहिले ठप्प भएको छ । बन्दरगाह सुनसान देखिन्थ्यो भने स्काभेटरहरु लाईनले थन्काईएको थियो । काठमाडौं तराई जोड्ने द्रुतमार्ग (फस्टट्रयाक) बनाउन राखिएको सैनिक क्याम्प पनि सुनसान नै थियो । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएको मजदूरहरुलाई खाद्य समाग्री नहुँदा उनीहरु लट्टेको साग केलाउँदै गरेको देखिन्थ्यो ।
स्थलगत अवलोकनको क्रममा सवारीसाधन नहुँदा सुन्धारादेखि त्रिपुरेश्वरतिर ह्विलचियरमा विरामी अन्यत्र अस्पतालतिर लाँदै गरेको पनि देखिन्थ्यो । लकडाउनले भोकै परेका कुकुरहरुलाई टुँडिखेल, रत्नपार्कमा खाना दिँदै गरेका मनकारीहरु पनि नभेटिएका होईनन् । वीर अस्पताल अगाडि बसपार्कमा लकडाउनमा घर जान नपाई अलपत्र र भाकै हुनुपरेका मजदूरहरुलाई दयालु मनकाहरुले खाना ल्याउँदै छन भनेर भोकले लोलाई रहेका आँखा खाना कतिखेर आईपुग्छ भनेर हेर्नेहरुको जमात निकै थिए । यता पुतलीसडकमा ढल निर्माणका सामाग्री झार्ने काम तीव्र रुपमा हुँदै थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम