Logo

हात धुन पानी उपलब्ध हुनुपर्‍योस् विज्ञ



काठमाडौँ, ८ वैशाख । कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुन नदिन सामाजिक दूरी कायम गर्न र हात धुन महत्वपूर्ण मानिन्छ । हात हुन स्वच्छ पानी उपलब्ध हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

पर्याप्त स्वच्छ पानीको उपलब्धता सुनिश्चित हुनुपर्नेमा स्मार्ट सोलुसन प्रालिले आयोजना गरेको भिडियो सम्मेलनमा सहभागी विज्ञहरुले जोड दिएका छन् । कोरोनासँगै गर्मीयाममा फैलने रोगको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने सुझाव विज्ञहरुको छ । सम्मेलनमा पूर्वसचिव इञ्जिनीयर सुमन शर्माले कोरोनाको नियन्त्रण, रोकथाम र उपचार अहिले चुनौती बनेकाले रोग लाग्न नदिन स्वच्छ पानीको आपूर्तिमा ध्यान दिनुपर्ने बताएका छन् ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले क्वारेन्टाइनमा बस्नेहरुका लागि पर्याप्त गुणस्तरीय पानी उपलब्ध गराउनुपर्ने बताएका छन् । कोरोना भाइरसबाट बच्न सफा पानी र साबुन वा स्यानिटाइजरले हात धुनुपर्ने सन्देश पुगेको भए पनि सरकारले पानी नै पु(याउन नसकेको उदाहरण दिँदै उनले टोलटोलमा राखिएका ट्याङ्की रित्ता भएको बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot