Logo

१२ कोरोना संक्रमित भेटिएको भुल्के मस्जिद क्षेत्रमा सेनाद्वारा स्वाब सङकलन



काठमाडौँ, ८ वैशाख । १३ जनामा कोरोना पूष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद क्षेत्रका बासिन्दाको नेपाली सेनाको चिकित्सक टोलीले आइतबार स्वाबको नमूना सङकलन सुरु गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण भएको छ कि भन्ने डरले गाउँलेहरु भयभित भइरहेको अवस्थामा नेपाली सेनाको सक्रियतामा सर्वसाधारणहरुको स्वाबको नमूना सङकलन सुरु भएको हो । यसबाट निकै आसा र उत्साह जगाएको स्थानीयवासिन्दा यदु ढकालले बताएका छन् । काठमाडौबाट नेपाली सेनाको छाउनीस्थित अस्पतालका मेजर डाक्टर प्राची रायमाझीको नेतृत्वमा औषधसिहित दुईसय २० वटा स्वाब सङ्कलन किटसहित सेनाको हेलिकपटेरमा आएको चार सदस्यीय चिकित्सक टोलीले अपरान्ह मस्जिद आसपासका मुस्लिम समुदायका सवै परिवारका सदस्यहरुको स्वाब सङ्कलन गरेको हो ।

सो टोलीले भुल्केस्थित नेपाली सेनाको १८ नम्बर बाहिनीको फुटबल मैदानमा क्याम्प बनाएर स्वाब सङकलन कार्य सुरु गरेको नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा भुल्केका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले बताएका छन् । पहिलो चरणमा मुस्लिम टोलका व्यक्तिहरुको स्वाब सङ्कलन सकिएपछि अन्य परिपरीका घरका मानिसहरुको दोस्रो चरणमा र भुल्के गाउँका प्रत्येक घरबाट एक एकजनाको तेस्रो चरणमा स्वाबको नमूना सङ्कलन गरिन उनले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot