Logo

जेठ १५ देखि सबै शैक्षिक संख्था खोल्ने सरकारको तयारी, ‘लकडाउन’ खुलेको तेस्रो हप्तादेखि एसईई परिक्षा हुने



काठमाडौं, बैशाख ८ । जारी लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु आगामी जेठ १५ देखि खुल्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राइमटाइम्स टेलिभिजनमार्फत पत्रकार ऋषि धमलासंगको अन्र्तवार्ताको क्रममा उक्त संकेत गरेका छन् । अहिले महामारीका कारण विश्व विद्यालय तथा सिटिइभिटी अन्र्तगतका परिक्षाहरु समेत रोकिएकाले लकडाउन खुलेको तेस्रो हप्तादेखि उक्त परिक्षाहरु समेत सञ्चालन हुने मन्त्री पोखरेले जानकारी गराएका छन् ।

‘लकडाउन खुलेको एक हप्ताभित्र कक्षा एक देखि नौ सम्मको नतिजासमेत सार्वजनिक हुने छ । मन्त्री पोखरेलले भने ‘कक्षा १२को परिक्षा संघले, १० को प्रदेशले र आठ कक्षाको स्थानिय सरकारले गर्ने व्यवस्था रहेकाले तीनै तहका सरकारसंगको समन्वयमा रहेर एकदेखि नौ सम्मको नतिजा समेत लकडाउन खुलेको हप्ता दिन भित्रै सार्जजनिक हुने छ ।’

नतिजा सार्वजनिक भएको एक हप्तापछि भर्ना अभियान थालिनेपनि मन्त्री पोखरेले सार्वजनिक गरेका छन् । यस बर्षको भर्ना अभियानलाई विगतका बर्ष झै तामझाँम नगरि भौतिक दुरी कायम राख्दै भर्नाको व्यवस्था गरिने जनाएका छन् ।

महामारीको कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई लियर सरकार गम्भिर रहेको बताउदै उनले राष्ट्रिय परिक्षा बार्डले लकडाउन खुलेको तीन हप्तापछि परिक्षा गर्न सकिने मन्त्रालयलाई जानकारी गराएको र विश्वविद्यालयका भिसी र राष्ट्रिय परिक्षा बोर्डसंगको अनौपचारिक तथा औपचारिक छलफलबाट लकडाउन खुलेको तीन हप्तापछि परिक्षाका कार्यक्रम सुचारु गर्न सकिने जनाएको मन्त्रीले बताए ।

अहिले देशभरका दुई सय ४३ शैक्षिक संस्थाहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेको जनाउदै मन्त्री पोखरेलले यद्यपी संकट कति लामो समयसम्म जान्छ र कस्तो स्वरुप लिन्छ भन्ने कुराले पनि प्रभाव पर्न सक्ने जनाएका छन् ।

हाल विश्वका केहि देशमा लामो समयपछिसम्म पनि संक्रमण देखिदै आएको र छिमेकी मुलुक भारतमा समेत संक्रमण बढ्दै गएकाले परिक्षा अहिले नै गरिहाल्न जर्वजस्तीको अवस्था नरहेको समेत खुलासा गरे । स्वतन्त्र सिकाइको व्यवस्थाको विकास गर्न आवश्यक रहेको बताउदै उनले सिकाइका विभिन्न पाटाहरु खोल्ने अवसरको रुपमा समेत लकडाउनलाई लिन सकिन ेबताए ।

परिक्षामा अहिले नै आमुल परिर्वतन गर्न सक्ने अवस्था नरहेको बताउदै उनले पुरानै पद्वती अनुसार परिक्षा गरिनेसमेत बताएका छन् । लकडाउन खुलेपछि पनि स्कुलको बातावरणलाई ध्यान दिदै विज्ञहरुको सुझाव अनुसार स्वभाविक जिवनमा फर्कदै सहज अवस्थामा सबै शैक्षिक संस्था सञ्चालनमा आउनेमा उनको जोड रहेको छ ।

टेलिभिजन तथा रेडियोबाटसमेत विद्यार्थीलाई शिक्षा दिने व्यवस्था भएको बताउदै उनले पाठ्यक्रम विकास केन्द्रसंग मिलेर पाठ्य समाग्री तयार भएको र आफ्ना अभिवाभवसंगै बसेर अध्ययनको वातावरण बनाउनमा सरकार लागि परेको मन्त्री पोखरेलको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्