Logo

कोरोना महामारी फैलिइरहँदा ब्राजिलका राष्ट्रपति सैनिक शासन माग भएको विरोध कार्यक्रममा



एजेन्सी, ८ वैशाख । ब्राजिलका राष्ट्रपति जेय बोलसोनेरो फेरि विवादमा आएका छन् । उनी एउटा विरोध कार्यक्रममा सहभागी भएका छन् ।

ब्राजिलमा कोरोना भाइरस महामारी बन्दै जाँदा उनी यस्तो विरोध कार्यक्रममा सहभागी भए जसले सैनिक शासनको समर्थन गर्दै लकडाउनको विरोध गरेको थियो ।

सैनिक मुख्यालयमा सहभागी ६ सय जनाको समूह ब्राजिलियामा आइतबार सहभागी भएका थिए । बोलसोनेरो त्यही कार्यक्रममा पुगेका थिए ।

ब्राजिलका सेनाका पूर्व कप्तान बोलसोनेरोले विगतमा भएको सैनिक शासनको समर्थन गरेका थिए । उनले मास्क लगाएका थिएनन् । बोलसोनेरोको यस्तै विवादास्पद भूमिकाको आलोचना भइरहेको छ ।-Photo Source: AP



प्रतिक्रिया दिनुहोस्

Screenshot