Logo

झरीले रोक्न नसकेको यो किनमेल (फोटोफिचर)



काठमाडौं, ९ वैशाख । कोरोना लकडाउनले प्रसस्त मात्रमा दैनिक उपभोग्य वस्तुको किनमेल गर्न नपाएका राजधानीवासीहरु झरीमा पनि केनमेलमा व्यस्त भएका छन । तरकारी बजार र अन्य खाद्य वस्तुका पसलहरु विहानमात्र खोलिने भएकाले पनि मानिसहरु पानीमा छाता ओढेर पनि किनमेलन गर्न आएका खाद्य व्यपारी राजेशकाजी बताउँछन् । बसीबजार (अद्वैतमार्गस्थित) समाजकल्याण अन्तर्गत खोलिएको तरकारी बजारमा बागबजार, डिल्लीबजार, भृकुटीमण्डप, रामशाहपथ, न्युप्लाजा, कमलादीतिरका स्थनीय तथा कोठा भाडामा बस्नेहरु तरकारी किन्न आउने गरेका छन् ।

तरकारी, दाल, गेडागुडी, दूध किन्न आएका न्युप्लाजाका सुरेन तण्डुकार भन्छन्– लकडाउनले काममा जान पाईएको छैन, दिनभरी कोठामा बस्दा खाने मात्रै काम हुन्छ आज किनेको भोलीलाई हुँदैन, विहान घुम्न पनि हुन्छ सामाग्री पनि किनिन्छ, लकडाउनले गोठामा गुम्सिएर बस्नुपर्दा साह्रै पट्यारलाग्दो, दिन कटाउन मुस्किल, कोठामै बस्दा विरामी परिन्छ कि भन्ने भैसक्यो ।

खाद्य समाग्री आयात कम विक्री धेरै भएकाले पनि स्टक राख्न नपाएकाहरु पनि दैनिक रुपमा किन्न भएका छन् ।अधिकारी दूग्धजन्य पदार्थ खरिद विक्री केन्द्रमा विहान अत्यधिक भिड लाग्ने गरेको देखिन्छ, दूध किनेर फर्केका बागबाजर, ईच्छुमति टोलका सागर तण्डुकार भन्छन्– हाम्रो ठूलो परिवार छ, काम नहुँदा खाजा र चियामा बढी खर्च हुनेरहेछ, अहिले त बनाउने खाने काम मात्र भएको छ, त्यसले गर्दा पनि दूध, चिनी, चियापत्ती, तरकारी, चिउरा, बढीमात्रमा खपत भएका छन् अनि दैनिक रुपमा किन्नु पर्छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्