काठमाडौं, ११ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४८ पुगेको छ । साँझ एकजना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
नयाँ संक्रमित २६ वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले नयाँ पुष्टि भएकाका बारे जानकारी दिएका हुन् ।
यसअघि बिहिबार अपरान्ह २ जना संक्रमित थपिए जानकारी दिइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार ५५ वर्षीया महिला र १४ वर्षीय नाबालिकको टेष्टका क्रममा पोजेटिभ देखिएको हो । महिला उदयपुरकी हुन् । नाबालिकको जनकपुरमा टेष्टका क्रममा पोजेटिभ देखिएको हो ।
संक्रमितमध्ये आज थपिएका एक जना उदयपुरमा यसअघि भेटिएका संक्रमितको संसर्गमा आएकाहरु भएको बुझिएको छ । उनी भुल्केस्थित नुरे मस्जिदमा यसअघि संक्रमितसँग सम्बन्धित हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार महिलाको स्वाबको परीक्षण टेकुमा गरिएको हो भने नाबालकको टेष्ट जनकपुरमा गरिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये ३९ जना विभिन्न अस्पतालहरुमा उपचाररत छन् । ९ जना नीको भई घर फर्किइसकेका छन् ।