ललितपुर, १२ वैशाख । शेयर एन्ड केयर नेपालले भीमफेदी गाउँपालिकाका स्वास्थ्य संस्था तथा एम्बुलेन्सहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज संस्थाका कार्यकारी निर्देशक रमेशकुमार खड्काले भीमफेदी गाउँपालिकाका प्रतिनिधि रविराज दंगाललाई सामाग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा ५ प्रति थर्मो गन, स्यानिटाइजर ५ लिटर, पञ्जा तीन सय प्रति, मास्क ५ सय प्रति, पीपीई १२ सेटलगायत छन् । कोरोना भाइरसको राकथामका लागि प्रयोग हुने ती सामाग्री भीमभेदीको विभिन्न स्वास्थ्य संस्था तथा एम्बुलेन्सका लागि प्रयोग हुनेछन् ।
शेयर एन्ड केयर नेपालका कार्यकारी निर्देशक रमेशकुमार खड्काले देशका विभिन्न भागका स्वास्थ्य चौकी, अस्पताल, एम्बुलेन्सका अलावा कोरोना रोकथामका क्षेत्रमा खटिएकाहरुलाई निरन्तर स्वास्थ्य सामाग्री उपलब्ध गराइएको जानकारी दिए । उनले सहयोग अभियान जारी रहने समेत बताए ।
यसअघि शेयर एन्ड केयरले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा तापक्रम नाप्ने थर्मो गन, पञ्जा, मास्क, स्यानिटाइजर, पीपीईलगायतका सामाग्री सहयोग गरिसकेको छ ।