Logo

ब्राजिलका कानुनमन्त्री मोरोद्धारा राजीनामा



१३ वैशाख । ब्राजिलका कानुनमन्त्री सेर्गियो मोरोले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै कानुन मन्त्रीले राजीनामा दिएका हुन् ।

कानुन मन्त्री मोरो पुर्व केन्द्रीय न्यायाधिश पनि हुनुहुन्छ । उहाँ भ्रष्टाचार विरोधी प्रभावशाली व्यक्तिका रुपमा पनि परिचित छन् ।
राष्ट्रपति बोल्सोनारोले राजनीतिक निरंकुशता बढाउदै लगेको र प्रहरी प्रमुखलाई बर्खास्त गरेको भन्दै उहाँले असन्तुष्टि जनाएको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला ब्राजिलमा राजनीतिक सङ्कट पनि बढ्ने देखिएको छ ।

राष्ट्रपति बोल्सोनारोले यसअघि गत हप्ता तत्कालिन स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेट्टालाई पनि बर्खास्त गरेका थिए ।
कोनोरा भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाउने उपायका बारेमा आफ्नोभन्दा फरक मत राखेको भन्दै राष्ट्रपति बोल्सोनारोले तत्कालिन स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot