काठमाडौं, १४ वैशाख । सरकारले लकडाउनको अवधि लम्ब्याउने निर्णय गर्ने भएको छ । त्यसका लागि आज अपरान्ह २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
मन्त्रिपरिषदमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको हिजोको बैठकले गरेको प्रस्ताव अनुसार मुख्यसचिव लोकदर्शन रेग्मीले लकडाउन लम्ब्याउने मोडालिटीसहितको प्रस्ताव लाँदैछन् । प्रस्ताव अनुसार वैशाखभर लकडाउन केही खुकुलो बनाएर लम्ब्याउने उल्लेख भएको स्रोतले बताएको छ ।
नयाँ मोडालिटीमा अत्यावश्यक सेवा अन्र्तगतको स्वास्थ्य, कृषि, दैनिक उपभोग्य सामाग्री, अत्यावश्यक सामान उत्पादन गर्ने उद्दोग, भौतिक विकास निर्माणका आयोजनाहरु निश्चित मापदण्ड बनाएर संचालन गर्न दिइने तयारी भएको छ । के खोल्न दिने ? के नदिने ? खोल्न दिनेले के के मापदण्ड अपनाउनुपर्ने जस मोडालिटी तयार गरेर निर्णय गरिने बुझिएको छ ।
शैक्षिक संघसंस्था, सार्वजनिक यातायात, हवाई सेवा अझै खुल्न नदिइने भएको छ हवाई सेवा २ जेठसम्मका लागि निषेध गर्ने निर्णय भइसकेको छ ।
भारतमा कोरोना भाइरसको जोखिम बढ्दै गएकाले त्यसलाई दृष्टिगत गरी सीमा क्षेत्रमा लकडाउन अझै कडाई गरिने तयारी भएको छ । काठमाडौं उपत्यकामा बाहिरबाट आवतजावतमा कडाई गरेर लकडाउन खुकुलो पार्ने तयारी भएको छ । तर, तराईका जिल्लाहरुमा लकडाउन अझै लम्बिने बुझिएको छ ।