Logo

बन्दाबन्दीमा इन्टरनेट चलाउने बढे, धेरै प्रयोग हुनेमा युट्युब र गेम



काठमाडौं, १४ बैशाख । बन्दाबन्दीका बेला बालबालिका, युवा तथा अभिभावले पहिलेको दाँजोमा धेरै इन्टरनेट चलाउने गरेको सर्बेक्षणले देखाइएको छ ।

साइबर सुरक्षा तथा अनलाइन व्यवहारबारे चाइल्ड सेफ नेटले एउटा सर्वेक्षणमा सञ्चालन गरेको थियो । सर्वेक्षणमा जम्मा १२ सय २८ जना सहभागी थिए । सर्वेक्षण अनुसार बन्दाबन्दीको समयमा ३४.५३ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक चार देखि छ घण्टा इन्टरनेट प्रयोग गर्ने गरेको छ भने १० देखि १२ घण्टा सम्म १५.२ प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको छ । बन्दाबन्दीभन्दा अगाडि २६.९५ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक ४ देखि ६ घण्टासम्म र भने १० देखि १२ घण्टा सम्म ४.५ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेका थिए ।
नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ७२.७ प्रतिशत मानिसको पहुँच ब्रोडब्याण्ड इण्टरनेटमा छ भने ५५।३ प्रतिशतले मोबाइल ब्रोडब्याण्ड इण्टरनेट चलाउँछन् ।

नेपालमा सबैभन्दा बढी चलाइने सामाजिक सञ्जाल फेसबुक रहेको चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुबंशीले बताउनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुकको सक्रिय प्रयोगकर्ता एक करोड दश लाख रहेको जानकारी दिएका छन् । सरकारले अश्लील साइटमा प्रतिबन्ध लगाए पनि सर्वेक्षणमा ४१.७ प्रतिशत मानिसले अश्लील साइट प्रयोग गरेको देखिएको छ । बन्दाबन्दीमा दैनिक धेरै प्रयोग हुने साइट तथा एपमा युट्युब रहेको छ भने सबैभन्दा कम प्रयोग हुनेमा फ्री फायर गेम रहेको छ ।

त्यसैगरी धेरै प्रयोग हुने दोस्रोमा फेसबुक, तेस्रोमा नेपाली न्यूज पोर्टल, चौथोमा इन्स्टाग्राम, पाचौँमा अन्तराष्ट्रिय न्यूज पोर्टल, छैटौँमा विकिपिडिया सहित अन्य सिमिलर साइट, सातौँमा स्कुल तथा कलेजका साइट र त्यसपछि टिकटक, ट्विटर, पब्जी, स्न्यापच्याट लगायत अन्य अनलाइन गेम रहेका छन् । सर्वेक्षणमा बन्दाबन्दीमा एक घण्टा भन्दा कम समय इन्टरनेट प्रयोग गर्नेको संख्या १.३८ प्रतिशत रहेको छ भने ८.६३ प्रतिशत मानिसले दैनिक १२ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेको छ ।  (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्