काठमाडौं, १४ वैशाख । देशमा कोरोना भाइरसका संक्रमितको संख्या ५२ पुगेको छ । साँझ झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएपछि संख्या फेरि बढेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित पुरुषको कोशी अस्पताल, विराटनगरमा परीक्षणका क्रममा पोजेटिभ भेटिएको हो ।
यसअघि दिउँसो वीरगञ्जका दुई पुरुषमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार दुवै पुरुष ५० वर्षका छन् ।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणको नतिजा अनुसार दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । दुवैजना आइसोलेशनमा अस्पतालमा भएको मन्त्रालयले जनाएको छ । हालसम्म १६ जना निको भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।