काठमाडौं, १४ वैशाख । सरकारले वैशाखभर सीमामा मानव आवतजावत बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको दृष्टिगत गरी ३१ वैशाखसम्म मानव आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
११ चैत्रदेखि लकडाउन हुँदा सीमामा मानिस आवतजावत बन्द गरिएको छ । सीमाका एक सय किलोमिटर आसपाससम्म निकै कडाई गरिएको छ ।
२५ वैशाखसम्म लकडाउनको निर्णय भएपनि सीमा भने वैशाखसम्म खुल्ने छैन । भारतको अवस्थाले नेपालमा लकडाउनको भविष्य निर्धारण गर्ने समेत संकेत देखिएको छ ।
लकडाउनमा अवस्था र जिल्ला हेरेर केही खुकुलो पार्ने गरी भने मोडालिटी तयार भएको छ ।-File Photo