Logo

सानेपामा विपक्षी दलहरुको बैठक सुरु, संसद बोलाउन माग गर्ने



काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरु जनता समाजवादी पार्टी, नेपाल र राप्रपाका शीर्ष नेताहरु सम्मिलित बैठक सुरु भएको छ । विकसित राजनीतिक घट्नाक्रमबारे छलफल गर्न विपक्षी दलहरु एक जुट भएका हुन् । कांग्रेस पार्टी मुख्यालयमा भर्खरै छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

छलफलमा भाग लिनको लागि जनता समाजवादी पार्टीका शीर्ष नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र राप्रपाबाट अध्यक्ष पशुपतिशमशेर जबरा उपस्थित् छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताहरु बैठकमा सहभागी छन् ।

आजको बैठकमा सांसद डाक्टर सुरेन्द्र यादव अपहरणको घट्ना र सरकारविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने बुझिएको छ । त्यस्तै, जतिसक्दो चाँडै संसद बैठक बोलाउन माग गरिने तयारी भएको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot