Logo

भारतमा २१ सय नेपाली र नेपालमा १२ सय भारतीय सीमा नाकामा



काठमाडौँ, १७ बैशाख । नेपाल सरकार र भारत सरकारबीचको दुई पक्षीय छलफलपछि नेपाल सीमा रोकिएका करीव एकसय जना भारतीय नागरिक भारतमा र भारत सीमामा रोकिएका दुईसय ७० जना नेपालीहरू नेपाल फर्किएका छन् ।

त्यस्तैं, अझै पनि भारत सीमामा दुईहजार एकसय ३४ नेपाली रोकिएका छन् भने नेपालमा एकहजार दुईसय ६१ जना रोकिएका छन् । दुई देशबीचको छलफलपछि मात्र सीमा रोकिएका नागरिकहरूलाई आ–आफ्नो मुलुकमा फर्काउन सकिने सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक प्रवीनकुमार श्रेष्ठले बताएका छन् । भारतमा कोरोना महामारीको रुपमा फैलिएका कारण सीमा थप कडाईमा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता बढाउन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले निर्देशन दिनु भएको छ । प्रहरीको आँखा छल्नेलाई स्थानीयको सहयोगमा नियन्त्रण लिन सकिने दावी उनको छ ।
सीमा सुरक्षामा त्रिपालमूनिको बास
सीमा सुरक्षा थपिएसंगै सुरक्षाकर्मीहरू कच्ची घर र त्रिपाल टाँगेर सुरक्षामा खटिएका छन् । हावा हुरी र चर्को घामबाट जोगिन नै समस्या हुने गरेको छ । कतिपय पोष्टहरू राति बस्न सुरक्षित छैन्न ।

महाकाली नदी तरेर तथा घण्टौसम्म पैदल हिडेर नेपाल प्रवेश गर्ने दुई दर्जन भन्दा बढी नेपाली नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई कोरोना भाइरस उपचारका लागि स्थापना गरिएको ‘आइसोलेसन’ वार्डमा १५ दिनसम्म राख्ने गरेको छ । भारत सीमा नाकामा बस्नु भन्दा नेपाल फर्किएर १५ दिन आइसोलेसनमा बसेमा घर फर्किन पाउने प्रलोभनले पनि घण्टौ हिडेर वा नदीमा पौडेर मध्यरातमा ज्यान जोखिममा फालेर नेपाल आउनेहरूको चाप बढ्दै गएको अनुमान गरिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्